पोखरामा २ जनाको मृत्यु
कास्की- अविरल वर्षाका कारण गएराति पोखरा महानगरपालिका ६ डिहिगोपाटन, पधेंरो बस्ने लक्ष्मी खड्का क्षेत्रीको घरको कोठा भत्किदाँ सोही घरमा डेरा गरी बस्ने २६ बर्षे सन्तोष सुनारको मृत्यु भएको छ ।
उक्त घटनामा परी सोही जिल्लाको माछापूच्छ्रे गाउँपालिका १ तातोपानीकी २७ वर्षे सुनिता सुनार घाइते हुनुभएको छ ।उहाँको अहिले पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो।
त्यस्तै, हिजो साँझ मध्यपहाडी लोकमार्ग अन्र्तगतको पोखरा स्थित हेमजा खण्डमा सवारी दुर्घटना हुदाँ माछापुच्छे« गाउँपालिका ४ लाहाचोकका २७ वर्षे नवराज नेपालीको पनि उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
पोखराबाट हेमजा तर्फ जाँदै गरेको ग १७ प १९७० नं. को मोटरसाइकललाई ग १ क ५१५२ नं. को ट्रकले ठक्कर दिंदा मोटरसाइकल चालक नेपालीको मृत्यु भएको जनाइएको छ।
ट्रक चालक पोखरा २५ लाम्पाटा बस्ने २४ वर्षे किरण बुढामगर अहिले प्रहरी नियन्त्रणमा छन् ।।






प्रतिक्रिया राख्नुहोस्