चितवन माइक्रोबस दुर्घटना अपडेट : १८ जना घाइते ( घाइतेहरुको विवरणसहित)

चितवन- नारायणगढबाट काठमामाडौँतर्फ आउँदै गरेको माइक्रो दुर्घटना हुँदा १८ जना घाइते भएका छन ।
घाइते मध्ये ३ जनाको अबस्था गम्भीर छ। घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको हाम्रा धादिङ संवाददाता शिव सिलवालले जानकारी दिएका छन ।
नारायणगढ-मुग्लिन सडक खण्डको भोर्ले भन्ने ठाउँमा आज साँझ दुर्घटना भएको हो ।
बा ३ ख ८५८८ नंम्बरको माइक्रोबस सडकबाट करिब १५ मिटर तल खोलामा खसेको थियो ।
घाइतेहरुको विवरण :
१) धादिङ गल्छी गा.पा १ बस्ने बर्ष २६ को सरोज खतिवडा
२) धादिङ् निलकण्ठ न.पा १ बस्ने बर्ष २६ कि प्रमिला भट्ट
३) धादिङ् निलकण्ठ न.पा १ बस्ने बर्ष ३९ को टिकाराम श्रेष्ठ
४) धादिङ् थाक्रे गा.पा ९ बस्ने बर्ष २८ कि दिपा रेग्मी अधिकारी
५) नुवाकोट लिखु गा.पा २ बस्ने बर्ष २९ को सुवास नेपाल
६) चालक दोलखा सैलुङ् गा.पा ६ बस्ने बर्ष ३९ को धर्म ब.खड्का
७) धादिङ् गल्छी गा.पा ४ बस्ने बर्ष २९ को प्रकाश अधिकारी
८) नुवाकोट बिदुर न.पा बर्ष २६ कि सनिसा अधिकारी
९) नुवाकोट बिदुर न.पा ६ बस्ने बर्ष २६ को जिवन कुमाल
१०) ललितपुर बागमती गा.पा ५ बस्ने बर्ष २६ को विकास संजेल
११) धादिङ् निलकण्ठ न.पा बस्ने बर्ष २५ कि रोजिना श्रेष्ठ
१२) धादिङ जिल्ला गल्छी गा.पा ४ बस्ने बर्ष २७ को मनोज भण्डारी
१३) धादिङ जिल्ला धुनिबेशी न.पा ६ बस्ने बर्ष २३ को सुजन आचार्य
१४) धादिङ जिल्ला धुनिबेशी नपा ६ बस्ने बर्ष २४ कि सोस्तिका आचार्य
१५ ) सहचालक मकवानपुर जिल्ला कैलाश गा.पा २ बस्ने बर्ष २७ को सरोज मोक्तान
१६ ) नुवाकोट ककनि ८ बस्ने बर्ष २५ को उपेन्द्र भण्डारी
१७) नवलपुर बुलिनटार गा.पा ५ बस्ने बर्ष ६ कि एन्जल कुमाल
१८) धादिङ् निलकण्ठ न.पा ३ बस्ने बर्ष २८ कि सावित्रि सापकोटा






प्रतिक्रिया राख्नुहोस्