कर्मचारी समायोजनसम्बन्धी विवादको निर्णय भदौ १ मा

काठमाडौं- सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी विवादको सुनुवाइ सकिएपछि आगामी भदौ १ गते निर्णय सुनाउने भएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको संवैधानिक इजलासमा मंगलबार सुनुवाइ सकिएपछि पेसी सुनाउने मिति तय गर्ने निर्णय गरेको हो ।

उक्त विवादमा गत शुक्रबारदेखि सुनुवाइ निरन्तर गर्दै सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीले दायर गरेको ९९ थान निवेदनमाथि सुनुवाइ भएको हो ।

सर्वोच्च अदालतले यसअघि गरेको फैसलामा सरकारले गरेको कर्मचारी समायोजनलाई कानूनसम्मत ठह¥याउँदै समायोजन भएका कर्मचारीलाई फेरि सङ्घीय निजामती सेवामा फर्काउनु नपर्ने फैसला गरेको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.