राष्ट्रिय विभूति अमरसिंह थापाको शालिक अनावरण

गोरखा- गोरखामा राष्ट्रिय विभूति अमरसिंह थापाको शालिक अनावरण गरिएको छ ।

२०६ औँ जन्मजयन्तीको अवसर पारेर जन्मस्थान मानिएको सिरानचोक गाउँपालिका वडा नं ६ गाँखुमा सालिक अनावरण गरिएको स्थानीय नारायण दानीले जानकारी दिनुभयो ।

सोही कार्यक्रममा राष्ट्रिय विभूति अमरसिंह थापा र उनका पिता उमराव बाघ भीमसिंह थापाको पनि शालिक पनि अनावरण गरिएको छ । गोरखा अमरसिंह नगर पर्यटन समितिले अमरसिँह थापाको २०६ औँ जन्मजयन्ती समारोह आयोजना गरेको थियो ।

शालिक अनावरण पछि बोल्दै गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले सो क्षेत्रको पर्यटन बिकासमा गाउँपालिकाले काम गर्ने बताउनु भयो ।

राष्ट्रिय विभूति अमरसिंह थापाले नेपाल राष्ट्र एकीकरण गर्न, विखण्डनबाट रोक्न महत्वपुर्ण भूमिका खेलेको भुमिकाको चर्चा गर्दै उहाँले शालिक राखिएको ठाउँमा पार्क बनाउने तयारी भइरहेका समेत बताउनुभयो ।

आधुनिक नेपाल निर्माणका लागि पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म सीमा र्पुयाउन नेपाली वीरवीरंगनाहरूको अथक प्रयास र योगदानले सम्भव भएकाले उनीहरु सम्मान गर्नु सबैको दायिव्य र कर्तव्य भएका बताएका थिए ।

पालिकाकबाट विनियोजित बजेटबाट अमरसिंह पार्क निर्माण गरिएको गोरखा अमरसिंह नगर पर्यटन समितिका अध्यक्ष हरि थापाले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.