स्याउ राम्रो फल्दा किसान उत्साहित

रुकुम पुर्व- रुकुम पूर्वमा यसपालि स्याउ राम्रो फलेको छ ।

हिउँदमा स्याउलाई आवश्यक पर्ने हिउँ परेर जमिन र विरुवामा चिस्यान पुगेपछि स्याउ राम्रो फलेको हो ।

हरेक कृषकको बगैंचामा स्याउका दाना लटरम्म देखिन्छ ।

किसानहरु व्यावसायिक फलफुल खेती नगरेपनि आ-आफ्नो बारीमा रोपेको स्याउमा राम्रो दाना बचेकाले खुशी छन् ।

परम्परागत रूपमा गरिने खेतीले उत्पादन घटेपनि यसपालि हिउँदे वर्षादले उत्पादन राम्रो भएको पुथा उत्तरगंगा गाउँपालिका-११ का किसान उर्जन बुढाले बताउनुभयो ।

उत्पादन राम्रो भएपनि बजारसम्म पुर्‍याउन मुस्किल रहेको स्थानीयले बताए ।

स्याउ बारीमा खेतीपाती गरेमा राम्रो फलफुल उत्पादन हुने कृषक बुढाले जानकारी दिनुभयो ।

मंसिरदेखि माघ महिनासम्म आफ्नो अनुकुलतामा विरुवाको जरा वरिपरि सफा गर्छन् । जिल्लाको अधिकांश भु-भागमा फलफूल खेती हुन्छ ।

लटरम्म फलेका स्याउ । तस्विर : मैत्या घर्तीमगर, नेपालटिभीअनलाइन ।

किसानले अहिले स्याउ दानाको १०-१५ रुपैयाँमा बिक्री वितरण गर्छन् । स्याउ बारीमा अरु बाली पनि लगाउने गरेको पाइन्छ । खेतीपाती गर्दा विरुवा गोडमेल पनि हुने र अन्न राम्रो फल्ने किसानहरूको अनुभव छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.