पहिरोले गोरखाको दुर्गम गाउँ ‘छुले’ संकटमा
गोरखा- हिमालपारीको गाउँको नामले चिनिने गोरखा जिल्लाको छुले गाउँलाई पहिरोले धक्का दिएको छ ।
लागातारको अबिरल बर्षातसँगै पोस्योर खोलामा बाढी आएपछि गाउँ नै बगाउने गरी पहिरो गएको छ ।

बाढीले पुल बगाएका कारण आवात जावात पूर्ण रुपले बन्द छ ।

पहिरोले छुले गाउँका करिब ४० घरधुरी जोखिममा परेका छन ।
समय मै यो क्षेत्रमा तटबन्द निर्माण गरेर खोलालाई व्यवस्थित नबनाए मानवीय क्षति समेत हुने डर छ ।
पहिरोले घर तथा पुरात्वातिक महत्वको गुम्बासमेत बगाउने सम्भावना रहेको पिडित स्थानीयको भनाइ छ ।।







प्रतिक्रिया राख्नुहोस्