मन्त्रिपरिषद्को बैठक बस्दै, निर्वाचनको मिति तोक्ने सम्भावना

काठमाडौं- मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोक्ने सम्भावना रहेको छ । मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न सत्तारुढ दलबीच सहमति भैसकेको छ । बालुवटारमा हिजो भएको बैठकमा सो सहमति भएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.