बेँसीशहर चामे सडकखण्ड पहिराको कारण अवरुद्ध

मनाङ- बेँसीशहर चामे सडकखण्ड पहिराकारण अवरुद्ध भएको छ ।

हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र उक्त सडकखण्ड विहिबार विहान ११ बजेदेखि अवरुद्ध भएको डुम्रे बेँसीशहर चामे योजना कार्यालयले जनाएको छ । सो सडक अन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा विहानदेखि सडक अवरुद्ध भएको हो । केहीदिनदेखि परेको अविरल वर्षाका कारण आएको पहिरासँगै विद्युतका पोल पनि सडकमा ढलेका छन् ।

सडकमा पहिरा र विद्युतका पोल ढल्दा सवारी आगमन ठप्प हुँदा यात्रु अलपत्रमा परेका छन् । अहिले उक्त स्थानमा विद्युत प्राधिकरणद्धारा पोल हटाउने कार्य भइरहेको छ । पोल हटाएपछि पहिरो पन्छ्याएर सडक सञ्चालनमा ल्याइने छ ।

६५ किलोमिटर बेँसीशहर चामे सडकखण्ड अवरुद्ध हुँदा विषेश गरी मनाङवासीलाई बढी असर परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.