सत्ता गठबन्धन बैठक सुरु

काठमाडौं- सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको जानकारी दिनुभयो ।

बैठकमा गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु सहभागी हुनुभएको छ । मङ्सिर ४ गतेका लागि हिजो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोकिएसँगै पहिलो पटक गठबन्धनको बैठक बसेको हो ।

बैठकले मंसिर ४ मा हुने निर्वाचनमा चुनावी तालमेल र सिट बाँडफाँड गर्नका लागि आवश्यक गृहकार्य गर्न कार्यदल गठन गर्ने तयारी गरेको बताइएको छ । गठबन्धनमा नेपाली का‌ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.