प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाअभियोगमा अब छलफल हुने
काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता दर्ता भएको महाअभियोग प्रस्तावमाथि प्रतिनिधि सभामा छलफल हुने भएको छ ।
आइतबार बिहान ११ बोलाइएको बैठकमा महाअभियोग प्रस्तावमाथि छलफल गर्ने सम्भावित कार्यसूची निकालिएको छ ।
२०७८ फागुन १ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ ।
प्रस्तावको प्रस्तावकका नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका डा पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठ, समर्थकमा नेपाली कांग्रेसका डा मीनेन्द्र रिजालसहित ९८ सांसद रहनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्