दैनिक संक्रमण हजार नाघ्यो, २ जनाको मृत्यु

काठमाडौं– नेपालमा कोरोना संक्रमण २४ घण्टामै एक हजार नाघेको छ ।

२४ घण्टामा देशभरबाट ६ हजार ३०० नमूना परीक्षण गर्दा १ हजार ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२४ घण्टामा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ४३८ जना कोरोनामुक्त भएका छन्।

नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ५८०६ पुगेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.