मिटरब्याजी रामदेवलाई पक्राउको माग गर्दै राजविराजमा प्रदर्शन

सप्तरी– सप्तरीमा मिटरब्याजबाट पीडित भएकाहरुले प्रदर्शन गरेको छ ।
मिटरब्याजी सप्तरीको खडक नगरपालिका वडा नम्वर ७ कल्याणपुरका रामदेव साह तेलिबाट पीडित भएकाहरुले बुधबार सप्तरी सदरमुकाम राजविराजमा विरोध प्रदर्शन गरेका छन् । विभिन्न गाउँबाट भेला भएका पीडितहरुले नाराबाजी गर्दै राजविराज बजार परिक्रमा गरेका छन् ।
ऋण तिरिसकेको जग्गा फिर्ता गर, रामदेव साहलाई पक्राउ गर, गैरकानुनी कार्यमा सलंग्न साह परिवारलाई कारवाही गर, लगायतको प्लेकार्ड बोकेर नारा लगाउँदै प्रदर्शनकारीहरूले जुलुस निकालेका छन् ।
प्रहरीले जेष्ठ २६ गते रामदेव साह तेलीका छोरा नन्दकिशोरलाई बिहीबार सुनसरीको धरान–१९ बाट र छोरी अनुराधालाई काठमाडौंको गौशालाबाट आइतबार पक्राउ गरेका छन् ।
इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीमा उजुरी दर्ता भएपछि मुख्य आरोपित रामदेव, उनकी श्रीमती शिवकुमारी, अर्की छोरी रेणुकुमारी, नाती चन्दनकुमार साह फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्