सुबिधा सम्पन्न पुनर्वास नगरपालिकामा नागरिक बडापत्र नै छैन

कञ्चनपुर- सरोकारवाला निकायमा सेवाग्राहीलाई सहज होस भन्ने उद्देश्यले नागरिक बडापत्र राख्नुपर्ने हुन्छ । अझ सुबिधा सम्पन्न निकायमा डिजिटल, दृश्य र श्रब्य नागरिक बडापत्र राखिएको हुन्छ । तर कञ्चनपुर जिल्लामै सुबिधा सम्पन्न पुनर्वास नगरपालिकामा नागरिक बडापत्र नै छैन ।

नगरपालिका कार्यालयको नयाँ भवन स्थापना भएको करिब पाँच बर्ष भयो, अहिलेसम्म नागरिक बडापत्र राखिएको छैन । नागरिकलाई सेवा लिन आउँदा कुन तला र कुन कोठामा जाउनुपर्ने, चाहिने आवश्यक कागजात, दस्तुर लगायत सम्पुर्ण सुचना नागरिक बडापत्रमा उल्लेख गर्नुपर्ने हुन्छ । जसले गर्दा नागरिकलाई काम गर्न सहज हुन्छ ।

तर नगरपालिकाले नागरिक वडापत्र राख्ने ठाउँमा विभिन्न गैरसरकारी संस्थाको आफ्नै जानकारीमूलक फ्ल्याक्स बोर्ड राखिएको छ । तर नगरपालिका जस्तो सरकारी सेवा प्रदायक निकायमा सामान्य नागरिक वडापत्र राख्न नसक्नु निकै लज्जास्पद भएको सेवाग्राहीको भनाइ छ ।

यसै विषयमा पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश सिंह ऐरीसँग बुझ्दा भित्तामा लेख्ने भनेर तयारी पुरा भईसकेको र भवनकै वालमा प्रीन्ट गर्ने, नभए फ्ल्याक्स प्रीन्ट भए पनि केहि दिनमै बनाउने जानकारी दिनुभयो ।

नगरपालिका बनेको केहि वर्षमा नगरपालिकाले राष्ट्रिय आवास कम्पनीसँग जमिन खरिद गरी त्यसैमा भवन निर्माण बनाएको करिब पाँच वर्ष पुग्दा सम्म नगरपालिकाले नागरिक वडापत्र नलेखिनुले यसको महत्व समेत नबुझेको प्रष्ट हुन्छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.