सिंगो गाउँमा ज्वरो, विद्यालय बन्द

ओखलढुंगा- समुदायमा फैलिएको ज्वरो विद्यार्थीमा समेत देखिएपछि ओखलढुंगाको लिखु गाउँपालिका ८ टारकेराबारीको जाल्पा माध्यमिक विद्यालय बन्द गरिएको छ । विद्यालयले एक सूचना जारी गर्दै आजदेखि ५ दिनका लागि विद्यालय बन्द गरेको हो ।

विद्यालयका अधिकांश विद्यार्थीमा भाइरल ज्वरो र कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको छ । विद्यार्थीमा ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, जोर्नी दुख्ने, छाती र घाँटी दुख्नेलगायतका लक्षण देखिएको विद्यालयले जनाएको छ । विद्यार्थी अस्वस्थ भएर उपस्थिति घटेपछि व्यवस्थापन समितिले निर्णय गरेर विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक कैलाश पौडेलले जानकारी दिनुभयो ।

यसैबीच विद्यालयसँगै रहेको टारकेराबारी गाउँका स्थानीयमा समेत सोही प्रकृतिको लक्षण देखिएका विरामीको संख्या ह्वात्तै बढेको छ । विरामी बढेपछि रोग पहिचान र उपचारका लागि लिखु गाउँपालिकाको केन्द्र यसमबाट स्वस्थ्यकर्मीको टोली टारकेराबारी गाउँमा खटाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.