अर्मेनियाको किनमेल केन्द्रमा विस्फोट हुँदा ६ जनाको मृत्यु, १७ बेपत्ता

आर्मेनियाको राजधानी येरेभानको एक बजारमा भएको ठूलो विस्फोटमा कम्तिमा छ जनाको मृत्यु भएको छ भने १७ जना अझै बेपत्ता रहेको देशको आपतकालीन अवस्था मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २८ जना अझै अस्पतालमा भर्ना छन् । विस्फोट पछि तीन तले भवन ध्वस्त भएको छ । आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले उद्धार कार्यको निरीक्षण गरेका समेत गर्नु भएको छ । घटनाको कारणबारे अनुसन्धान जारी छ ।-






प्रतिक्रिया राख्नुहोस्