माओवादी बैठक रोकियो, पदाधिकारी टुंगो लगाउने गृहकार्य

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक फेरि सरेको छ । पदाधिकारीलाई अन्तिम रूप दिने भन्दै माओवादीले आज साँझ ६ बजेका लागि स्थायी समिति बैठक बोलाएको थियो । त्यसअघि माओवादीले आजै बिहान नौ बजे बैठक बोलाएको थियो ।

प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि छलफल जारी रहेको र मतदान सांसदहरूले मतदान गर्नुपर्ने भएकाले आजका लागि राखिएको बैठक भोलि बिहानका लागि सरेको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

बैठक भोलि बिहान साढे आठ बजे बस्नेछ । भोलिको बैठकमा अध्यक्ष दाहालले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.