फिनल्याण्डकी प्रधानमन्त्रीलाई लागू औषध प्रयोगको आरोप

आफ्नो जीवनकालमै कुनै पनि प्रतिबन्धित लागू औषध सेवन नगरेको दाबी

हेलसिन्की- फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले लागू औषधको परीक्षण गराएको बताउनु भएको छ ।

केही दिन अघि मरिनको मदिरा सेवन गरेर पार्टीमा नाचिरहेको भिडियो लिक भएपछि केही राजनीतिज्ञले लागू औषध सेवन गरेको आरोप लगाएका थिए । मरिनले पार्टीमा मदिरा सेवन गरेर नाचेको तर कुनै पनि प्रतिबन्धित लागू औषध सेवन नगरेको बताउनु भएको छ ।

आफूले किशोरावस्थामा समेत कहिल्लै लागू औषध सेवन नगरेको दाबी गर्दै मरिनले त्यसैलाई पुष्टि गर्न लागू औषध परीक्षण गराएको र त्यसको नतिजा अर्को साता आउने बताउनुभयो । फिनल्याण्डको राजधानी हेलसिन्कीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री मरिनले आफूले आफ्नो जीवनकालमै कुनै पनि प्रतिबन्धित लागू औषध सेवन नगरेको दोहोर्‍याउनु भयो ।

आफ्नो भिडियो खिचिएको थाहा पाएको बताउँदै उहाँले भिडियो सार्वजनिक भएकोमा आपत्ति प्रकट गर्नभयो । आफू पार्टी जाने र साथीहरुसँग रमाइलो गर्ने गरेको कुरालाई सामान्य भएको बताउँदै कामको समय र खाली समय फरक हुने धारणा राख्नु भयो । फिनल्याण्डकी ३६ वर्षीया प्रधानमन्त्री मरिन विश्वकै कान्छी सरकार प्रमुख हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.