उपत्यकामा बढे डेंगुका बिरामी

काठमाडौं- उपत्यकामा पछिल्लो समय डेंगुको बिरामी बढ्दै गएका छन् ।

डेढ महिनाको अवधिमा मात्र पाँच सय ७९ जनामा डेंगु पुष्टि भएको छ। उपत्यकाको तीनै जिल्लामा डेंगु देखिएको छ। यस वर्ष उपत्यकामा पहिलो पटक असार ९ गते ललितपुरका एक विरामीमा डेंगु पुष्टि भएको थियो ।

पछिल्ला दिन टेकु अस्पतालमा दैनिक १० जना र पाटनमा चार जना डेंगुका विरामी उपचारमा आउने गरेको अस्पतालले जनाएको छ। यसै गरि शुक्रराज ट्रपिकल अस्पताल वीर अस्पताल सिभिल अस्पताल त्रि वि शिक्षण अस्पतालमा पनि डेंगुसँग मिल्दो जुल्दो लक्षण लिएर आउने विरामीको संख्या वढिरहे्को अस्पताल प्रशासनले जनाएका छन् । डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो ।

जमेको पानीवाट यो प्रजातिको लामखुट्टे फेलने भएकोले घरवरपर पानी जम्न नदिन विज्ञहरुको सुझाव छ। यो रोग लागेमा टाउको आँखाको गेडी हाडजोर्नी मासपेसी दुख्ने शरिरमा बिबिरा आउने रिंगाटा र बान्ता हुने लगायतका लक्षणहरु देखिने चिकित्सकहरुको भनाइ छ। सामान्य लक्षण देखिए घरमै बसेर उपचार गर्न सकिने भए पनि गम्भीर समस्या देखिए स्वस्थ्य केन्द्र जान चिकित्सकहरुको सुझाव छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.