उपसभामुखलाई मातृशोक

काठमाडौं- प्रतिनिधि सभाका उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक परेको छ। उपसभामुख गौतमकी आमा ९१ वर्षीय शारदा गौतमको आज बुढानिलकण्ठस्थित निवासमै निधन भएको हो।

दिवंगत शारदा गौतम नेपाली राष्ट्रिय कांग्रेसका संस्थापक मध्येका एक, वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी जीवनसंगिनी हुनुहुन्छ।

उहाँको आज नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.