माओवादीमा पदाधिकारी टुंग्याउने कसरत, स्थायी कमिटी बैठक जारी

काठमाडौं– पार्टी स्थायी कमिटी र पदाधिकारीको नामका बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रको बैठक आजपनि बसिरहेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसीरहेको बैठकमा नामका बारेमा छलफल भइरहेको बताइएको छ । विगत केही दिनदेखि यसैकालागि माओवादीको बैठक बसेपनि पदाधिकारी बन्न इच्छुक नेताहरुको संख्या बढी भएपछि निर्णय हुन सकिरहेको छैन ।

पदाधिकारीको टुंगो नलाग्दा पार्टीको सांगठनिक संरचना अझै अपूरो रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.