शिक्षामा नयाँ बहस : ‘समता-प्रविधि-अबसर’
काठमाडौँ- विद्यालय शिक्षासँगै विद्यार्थीले हासिल गर्ने ज्ञानलाई कसरी समान अबसरमा लैजान सकिन्छ भन्ने विषयमा युवाहरुले नयाँ मोडेलको शुरुवात गरेका छन ।
नेपालको शिक्षालाई विश्व भरिका अन्य बिकसित देशका शिक्षा प्रणालीसँग प्रतिशपर्धि बनाउन कैलाश राज पाण्डे र हिमाल राज पाण्डेले यो नयाँ अभियान शुरु गरेका हुन ।
उनीहरुले संचालन गरेको प्रोजेक्ट सपना भन्ने नमूना कार्यक्रमले फरक पृष्ठभूमिबाट विद्यालय शिक्षा सकेका विद्यार्थीहरुलाई रोजगारी र अन्य अवसरमा समान रुपले प्रतिश्पर्धी बनाउन सफल भएको अनुसन्धानले पुष्टि गरेको छ ।
सरकारी वा निजी विद्यालय जुनमा पढेको भएपनि दुबै खाले विद्यार्थीले चाहेको ज्ञान, शीप र रोजगारीको अवसर समान हुनुपर्ने तर जानकारीको अभावमा विभेद देखिने गरेको पाइएकोले यो अनुसन्धानबाट विभेद कम गर्न सहयोग पुग्ने कैलाश राज पाण्डेले जानकारी दिनुभयो ।
काठमाण्डौको कंकाली माध्यमिक विद्यालयमा उनीहरुले पाइलट प्रोजेक्ट संचालन गरेर अनुसन्धानलाई अघि बढाएका थिए । १७ जना विद्यार्थीहरुमा उनीहरुको इच्छा र शीपलाईसँगै लिएर प्रारम्भ गरिएको अनुसन्धानपछि आएको परिवर्तनलाई पाण्डेद्वयले श्रव्यदृश्यमा उतारेका थिए ।
अनुसन्धानको उपलव्धीलाई देशव्यापी बनाउन उनीहरुले नेपालका शिक्षाविद्हरु र सरोकारवाला निकायहरुसँग काठमाडौँमा आमने-सामने साक्षात्कार गरे ।
प्रतिश्पर्धी बजारको माग अनुसार कितावी ज्ञानलाई सूचना र प्रविधीसँग जोड्न अध्ययनले सुझाएको छ । साथै विद्यालयको एकल प्रयसाबाट मात्र विद्यार्थीहरुको प्रतिश्पर्धी क्षमता सोचेजस्तो बढाउन नसकिने भन्दै कैलाश र हिमालले सहभागितामूलक सहकार्यको महत्वलाई प्राथिमिकता दिएका छन ।
प्रविधिमा समान पहूँच नहुनु विवदकारी शिक्षाको कारण भएको भन्दै उनीहरुले यसका लागि प्रविधिमैत्री विद्यालय मात्र नभइ प्रविधिमा काम गर्ने संस्थाहरुसँग सहकार्य आवश्यक भएको सुझाव पनि दिएका छन । नेपाल र नेपाल बाहिरको अबसरका बारेमा जानकारी दिने प्रणाली विद्यालय शिक्षाको मुल पाठ्यक्रममा समेट्नुपर्ने उनीहरुको सुझाव थियो ।
समान प्रविधिको पहूँचबाट समतामूलक शिक्षाप्रणालीको विकास हुनसक्ने पुष्टि गर्दै यसले नेपाली विद्यार्थीको ज्ञान र शीपलाई स्वदेश र विदेश दुबैमा उपयोग गराउन सकिने विश्वास अध्ययनकर्ता मध्येका एक हिमाल पाण्डेले बताउनुभयो ।।
प्रतिक्रिया राख्नुहोस्