एमाले अध्यक्ष ओलीको अत्याचार विरुद्ध नयाँ पार्टी खोलेको माधव नेपालको भनाइ

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीको अत्याचारविरुद्ध बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको दाबी गर्नुभएको छ ।

पार्टीको उपत्यका युवा विशेष जिल्ला कमिटीले आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले सत्तामा रहदा ओलीले पटक पटक संविधान कुल्चिएको र संसद बिघटन गरेको सहेर बस्ने वा विद्रोह गर्ने भन्ने विकल्पमा रोज्दा नयाँ पार्टी गठन गर्नु परेको स्पष्ट पार्नुभयो ।

नेता नेपालले आफूभन्दा १२ वर्ष ढिलो केन्द्रीय कमिटीको सदस्य बनेका ओलीले बढी फूर्ति देखाउन थालेको समेत टिप्पणी गर्नुभयो ।

२०४४ सालमा केन्द्रीय कमिटीका सदस्य बनेका ओलीले २०३२ मा बनेर फुर्ति लागाउने गरेको नेता नेपालको भनाई छ । ओलीलाई रौतहट जिल्लामा आफैंले लिएर गएको र मोरङमा आफ्नै डेरामा दुई महिना राखेको समेत नेता नेपालले उल्लेख गर्नुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.