गिरीको निधनमा कांग्रेसको शोक प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य तथा सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
केन्द्रीय कार्यसमितिको आइतबार बिहान आकस्मिक रुपमा बसेको बैठकले गिरीको शोक प्रस्ताव पारित गरेको हो ।
बैठकले पार्टीको केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयहरुमा ३ दिनसम्म झन्डा झुकाउने निर्णय गरेको छ । पार्टीले १३ दिनसम्म श्रद्धाञ्जलीका विविध कार्यक्रमहरु आयोजना गर्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
गिरीको शनिबार राति ९:३० बजे निधन भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्