नेता गिरीको निधनप्रति संसदमा शोक प्रस्ताव पारित

काठमाडौं– प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकबाट प्रतिनिधिसभाका सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभाका सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित भएको हो ।

गिरीको भदौ ४ गते शनिबार राति ९:३० बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

गिरी २०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नं. ५ बाट निर्वाचित हुनुभएको थियो । यसैगरी वि.सं. २०६४ र वि.सं. २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.