काठमाडौंमा नक्सा पास नगरी बनाइएका संरचना हटाउन सुरु

काठमाडौं– काठमाडौंमा नक्सा पास नगरी बनाइएका अस्थायी संरचना हटाउन सुरु गरिएको छ ।

काठमाडौं महानगरपालिकाले काठमाडौं मल र खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडिको संरचनामा डोजर लगाएको छ ।

महानगरपालिकाका अनुसार ती अस्थायी संरचनाको नक्सापास छैन ।

मेयर बालेन शाहको उपस्थितिमा अवैध संरचनामा डोजर लगाइएको हो ।

महानगरपालिकाले सूचना प्रकाशित गरेर अवैद्य संरचनामा भएका आफ्ना पसल, व्यवसाय र कार्यालय हटाउन भनेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.