सप्तरीमा गाउँपालिका उपाध्यक्ष नै मिटर ब्याजी

गाउँपालिका उपाध्यक्ष साहसहित १ सय १४ मिटर ब्याजीविरुद्ध उजुरी दर्ता

सप्तरी– सप्तरीमा गाउँपालिका उपाध्यक्ष साहसहित १ सय १४ मिटर ब्याजीविरुद्ध उजुरी दर्ता भएको छ । सरकारले मिटर ब्याजी विरुद्ध उजुरी दिन आह्वान गरेसँगै १ सय १४ जनाले उजुरी दिएका हुन् ।

मिटर ब्याजीको गिरोहले सम्पत्ति हड्पेर सर्वसाधारणको उठिबास लगाइरहेको विषय बाहिरिएपछि मिटर ब्याजको धन्दा रोक्न र गिरोह विरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदल नै गठन गरी निवेदन दिन आह्वान गरेको थियो । यस्तो उजुरी तिलाठी कौइलाडी गाउँपालिकाका उपाध्यक्ष फुलकुमारी साहविरुद्ध पनि परेको छ । तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष साहविरुद्ध पालिकाको वड नं ६ की सुनितादेवी मण्डलले आवश्यक कारबाहीको माग गर्दै उजुरी गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

उजुरीकर्ताका सासु लक्ष्मिनिया देवी तथा ससुरा नैमानी मण्डलले २०६१ सालमा दुई चोटी गरी ४० हजार लिएको ऋण व्याज सहित फिर्ता गरेपनि जग्गा हालसम्म फिर्ता नगरेको आरोप उपाध्यक्ष साह माथि लगाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.