मिटरब्याजी खोज्दै कार्यदल पुग्यो नवलपरासी

नवलपरासी- सरकारले मिटरब्याज अपराध अध्ययनका लागि गठन गरेको उच्चस्तरीय कार्यदलले आज देखि पश्चिम नवलपरासीका मिटरब्याजी पिडितका समस्या स्थलगत रुपमा अध्ययन गर्ने भएको छ ।

गृहमन्त्रालयद्वारा गठित कार्यदलले आज सुस्ता र प्रतापपुरका मिटरब्याज पीडितलाई भेटेर छलफल गर्ने नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो । यसका लागि कार्यदल संयोजक डा. भीष्मकुमार भुसाल सहितको टोली गएराति नवलपरासी पुगेको छ ।

नवलपरासीमा मिटरब्याजीविरुद्ध १ सय ९ वटा उजुरी परेका छन् । यसअघि जिल्लामा मिटर ब्याजले घरबारविहीन हुनु परेको भन्दै २५ जनाले मात्र जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएका थिए । तर गृह मन्त्रालयले औपचारिक निवेदेन नै माग गरेपछि उजुरी दिनेको संख्या ह्वात्तै बढेको हो । यसैबिच पश्चिम नवलपरासीको प्रतापपुरका मिटरब्याजी साहु जगदिश बानियाँलाई प्रहरीले पक्राउ गरेको छ ।

२७ जनालाई ८७ लाख ऋण दिएर तीन करोड २० लाख उठाएपछि पनि दुई करोड २६ लाख बाँकी देखाएको आरोप लागेका मिटरब्याजी बानियाँलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपि भोजराज पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.