पोखरामा सात महिनामा ८ ‘एटीएम डकैती’

कास्की– पछिल्लो समय पर्यटकीय नगरी पोखरा स्थित विभिन्न बैकका एटीएम फोडेर पैसा चोर्ने प्रयासका घटना बढ्दै गएपछि बैकिङ सुरक्षा व्यवस्थामा चुनौती थपिएको छ ।

पछिल्लो ७ महिनाको अवधिमा एटिएम फोडेर पैसा चोर्ने आठ प्रयास भए । ती मध्ये ७ वटा प्रयासलाई प्रहरी सक्रियतामा तत्कालै विफल पारियो भने एनएमबी बैकको अघौंचोक शाखाको एटीएमबाट साउन ३ गते मध्यरात अनिश तामाङले १४ लाख ७१ हजार ५ सय नगद चोरेर फरार भएकोमा त्यसको १ महिनापछि अनिशलाई प्रहरीले पक्राउ गर्न सफल भयो।

बैंकका कर्मचारी प्रविधिमैत्री नहुँदा पोखरामा यस्ता घटना बढ्दै गएका सम्बद्धहरुको भनाइको छ । एटीएमको जिम्मा दिएका कर्मचारीहरुमा नै एटीएम मसिन बारे पूर्ण ज्ञान नहुँदा समस्या पोखरामा मात्रै नभई नेपाल भर बढ्दो रहेको राष्ट्रिय वाणिज्य बैक महेन्द्रपुल शाखा व्यवस्थापक दयाराम पन्तले जनाउनुभयो ।

एटीएम फोडेर पैसा चोर्ने प्रयासका घटना बढ्दै गएपछि पोखरामा कास्की प्रहरीले थप सक्रियता समेत बढाएको छ । जसअनुसार प्रहरी अगुवाईमा यहि भदौ ७ गते त्यहाँ स्थित बैंकका प्रदेश प्रमुखलाई भेला गराई बैकिङ सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड कार्यान्वय गर्न आग्रह गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

उहाँले बैकिङ सुरक्षाका लागि अनलाइन, ईबैंकिङ तथा चेक मार्फत मात्र कारोवार गर्न आग्रह गर्दै आफ्नो पिन नं।, एटिएम् कार्ड सुरक्षित राख्न सुझाव समेत दिनुभयो।

पोखरामा कृष्ण विकले यहि साउन २० गते एनआइसी एसिया बैंकको विरौटा शाखाको एटिएम, साउन ३ गते अनिश तामाङ नै एनआइसी एसिया बैंकको तालचोक स्थित एटिएम, असार २१ गते नरेश पुनले महानगर कार्यालय अगाडिको एनआइसी एसिया बैंकको एटिएम, बैशाख २९ गते दीपक श्रेष्ठ बलेले पृथ्वीचोक स्थित माछापुच्छे« बैक तथा वैशाख ४ गते बलेले नै पर्स्याङस्थित माछापुच्छे« बैकको एटिएम् चोरी प्रयास गरेका थिए।

त्यस्तै गत वर्ष माघ ८ गते कृष्ण विक र ध्वज अप्परे मगरले माछापुच्छे« बैकको विरौटा शाखा साथै पुस ३० गते नाम नखुलेका व्यक्तिले महानगर कार्यालय अघि रहेको एनआइसी एसिया बैंकको एटिएम चोरी गर्ने प्रयास गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.