आजदेखि समानुपातिकका लागि दल दर्ता सुरु

काठमाडौं– निर्वाचन आयोगले आजदेखि समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दलको निवेदन लिन सुरु गर्दैछ ।

आयोग परिसरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलले निवेदन दर्ता गराउने छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रत्यक्षतर्फ दलका उम्मेदवारले मनोनयन दर्ता गरेझै समानुपातिकतर्फ राजनीतिक दल उम्मेदवार भई मनोनयन दर्ताका लागि निवेदन दिने जानकारी दिनुभयो ।

आयोगले निवेदन दर्ताका लागि भदौ १२ गते सम्मको समयसीमा तोकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.