घेराबन्दी असफल पार्छौं : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई चौतर्फी घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएर छाडिने बताउनु भएको छ ।
शुक्रबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले अहिले भइरहेको राजनीतिक ध्रुवीकरण तत्कालका लागि चुनौतीपूर्ण भएपनि दिर्घकालीन हिसाबमा सकारात्मक रहेको बैठकमा बताउनु भएको थियो । स्थानीय तह निर्वाचनमा एमालेले सर्वाधिक मत पाएकाले एक्लै प्रतिस्पर्धा गर्न डराएर दलहरुलाई गठबन्धनमा थपिरहेको उहाँको भनाइ थियो । राष्ट्रिय हितको रक्षा, लोकतन्त्रको सुदृढीकरण जस्ता उद्देश्यमा सहमत सहयात्रीहरुसँग सहकार्यलाई खुला राख्ने, तर एक्लै पनि सफल हुनसक्छौं भन्ने आत्मविश्वास राखी निर्वाचनको तयारीमा जुट्न अध्यक्ष ओलीले नेताहरुलाइ निर्देशन दिनु भयो ।
स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदन, आगामी निर्वाचनमा उम्मेदवार छनौट प्रक्रियाको मापदण्डको बिषय टुङ्ग्याउने बैठकको तयारी छ । भोलिसम्म चल्ने बैठकमा अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन माथि समूहगत रुपमा छलफल हुनेछ ।






प्रतिक्रिया राख्नुहोस्