नेकपा एकीकृत समाजवादी तनहुँको अध्यक्षमा कार्की

तनहुँ- नेकपा (एकीकृत समाजवादी) पार्टी तनहुँको अध्यक्षमा नेता श्रीराम कार्की चयन हुनुभएको छ । एकीकृत समाजवादी तनहुँको आइतबार सम्पन्न विस्तारित बैठकले कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।

बैठकले सचिवको जिम्मेवारी दुर्गाकुमार श्रेष्ठलाई दिएको छ । त्यस्तै उपसचिवमा गजेन्द्र पन्त चयन हुनुभएको छ ।

अध्यक्षमा चयन भएपछि कार्कीले जनताको इमान्दार सेवक भई काम गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्की एकीकृत समाजवादीको युवा नेता हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.