चट्याङ लागेर दाङमा दुई महिलाको मृत्यु, १० जना घाइते

दाङ- गएराती परेको चट्याङ लागेर दाङमा दुई महिलाको मृत्यु भएको छ भने १० जना भन्दा बढि महिला घाइते भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १२ को गुरौँ गाउँमा तिजको नाचगान गरिरहेको स्थानमा गएराती १२ बजेतिर परेको चट्याङ लागेर सोही ठाउँका १६ वर्षिया दिपा घर्ती र १९ वर्षिया मोनिशा शाहको मृत्यू भएको जिल्ला प्रहरि कार्यालय दाङले जनाएको छ ।

घटनामा परि १२ जना घाइते भएको र ती मध्ये गम्भिर भएका दुई जनालाई उपचारका लागी अस्पताल ल्याइएको स्थानियलाई उधृत गर्दै जिल्ला प्रहरि कार्यालय दाङले जनाएको छ ।

घटना भएको स्थान विकट भएकाले विहान मात्र जानकारी आएकाले प्रहरी र वडा अध्यक्ष विहानै घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.