निलम्बित प्रधानन्यायाधीश जबरा बयानका लागि सिंहदरवारमा
काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफूविरुद्ध लागेको महाअभियोगबारे बयान दिन सिंहदरबारस्थित संसदीय समितिमा पुग्नुभएको छ ।
जबरासँग महाअभियोग सिफारिस समितिले आज बयान लिंदैछ । पुरानो प्रतिनिधि सभाको मूल गेट हुँदै छिर्नुभएका उहाँलाई संसद् सचिवालयका मर्यादापालकहरुले विशेष सुरक्षा दिँदै बयान स्थानमा लगेका थिए ।
गत फागुन १ गते सत्ता गठबन्धन दलका सांसदहरूले प्रधानन्यायाधीश जबरामाथि महाअभियोग दर्ता गराएपछि उहाँ स्वतः निलम्बनमा पर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्