मुग्लिन–नारायणगढ सडक अबरुद्ध

धादिङ– बुधबार रातिदेखि मुग्लिन–नारायणगढ सडक अबरुद्ध भएको छ ।

निरन्तरको वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेका कारण सडक अबरुद्ध भएको हो ।

सडक खण्डको केराबारी, गाईघाट, जोगिमारा लगायतका ठाउँमा पहिरो खसेको छ ।

सडक अबरुद्ध हुँदा सयौं सवारी रोकिएका छन् भने यात्रु अलपत्र परेका छन् ।

सडक विभागले बाटो खुलाउन काम गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.