भरतपुरलाई देशभरकै ‘मोडल स्मार्ट सिटी’ बनाउँछौँ- अध्यक्ष दाहाल

चितवन- नेकपा  माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले विद्युतीय लाइन भूमिगत गर्ने कामले स्मार्ट सिटी भरतपुरको लक्ष्यमा सघाउने बताउनु भएको छ ।

चितवनको भरतपुरमा नेपाल बिद्युत प्राधिकरण पोखरा-भरतपुर बितरण प्रणाली सुदृढीकरण आयोजना बितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको शिलान्यास कार्यक्रममा उहाँले यो कार्य विकास मात्रै नभएर जनताको सुरक्षा र सहरको सौन्दर्यसँग जोडिएको बताउनु भयो ।

भरतपुरलाई विकासको मोडलका रुपमा विकास गर्नुपर्छ भनेर हामी लागेका छौं। यही अभियान अन्तर्गतको योजना भएको नेता प्रचण्डले बताउनु भयो । उहाँले शहर हुँदै पुरै महानगरको विद्युतलाइन भूमिगत गर्नेतर्फ लाग्ने बताउनुभयो ।

नेता प्रचण्डले भरतुर माहानगरपालिकालाई नेपाल कै नमुना सहर बनाउन सके देशै भर यसले सकारात्क सन्देश जाने बताउनु भयो ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु हालले विद्युत वितरण प्रणाली भूमिगत तथा सुदृढीकरणले भरतपुरलाई व्यवस्थित सहर बनाउने र स्मार्ट सिटीका रुपमा विकास गर्न सहयोग पुग्ने बताउनुभयो ।

निर्माण व्यवसायीले समयमै निर्माण कार्य नसक्ने समस्या भरतपुरमा रहेको भन्दै उहाँले यो आयोजना समयमै सक्न प्राधिकरणलाई आग्रह गर्नुभयो ।
यो आयोजनाको पहिलो चरणको कामका लागि करिब ३ अर्व बजेट खर्च हुने प्राधिकरणले जनाएको छ।

नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानी तथा एशियाली विकास बैंकको ऋण सहयोगमा पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना सुरु भएको हो।

आयोजनाले कास्कीको पोखरा वितरण केन्द्र तथा चितवनको भरतपुर वितरण केन्द्र अन्तर्गत पर्ने मुख्य सहरी सडकहरुको विद्युतलाइनहरु भूमिगत गर्ने तथा ट्रान्सफरमरहरु सुदृढीकरण/थप गर्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भयो ।
पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत प्राधिकरणको भरतपुर वितरण केन्द्रको कार्य क्षेत्रमा पर्ने बजार क्षेत्रको काम शनिबारबाट सुरु गरिएको हो। भुमिगत बिधुत भरतपुर महानगरको गोन्द्राङ- बाइपास रोड- पोखरा बसपार्कदेखि पुल्चोकसम्म हुने छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.