समयमा काम नगर्ने कम्पनीलाई कारबाही हुन्छ : मन्त्री चौधरी

बाँके- सहरी विकासमन्त्री मेटमणि चौधरीले समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गरिने चेतावनी दिनुभएको छ । भेरी अस्पताल नेपालगन्जमा निर्माणाधीन ओपिडी भवनको बिहीबार स्थलगत निरीक्षण गर्दै मन्त्री चौधरीले सो चेतावनी दिनुभएको हो ।

“निर्माण कम्पनीले काम सम्पन्न गर्नुपर्ने समयको सबैभन्दा बढी ख्याल गर्नुपर्छ” मन्त्री चौधरीले भन्नुभयो, “समयमै काम सम्पन्न नगर्ने र पटक–पटक म्याद थप गर्ने कार्य रोक्न आवश्यक छ । निर्माण कम्पनीले यही मङ्सिर २३ गतेभित्र अस्पतालको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्ने गरी काम गर्नुपर्छ ।”

भेरी अस्पतालमा सहरी विकास मन्त्रालयले निर्माण गरिरहेको ओपिडी भवन निर्माण सम्पन्न भई हस्तान्तरण भएपछि भेरी अस्पतालको स्तरोन्नति भई करिब ५०० शैयाको हुनेछ । सो अवसरमा मन्त्री चौधरीलाई अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईँले अस्पतालमा थप भवन निर्माणका लागि आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.