२२७ संक्रमित थपिए, एक जनाको मृत्यु

काठमाडौं– नेपालमा गत २४ घण्टामा २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर ४४०१ जनामा गरिएको नमूना परीक्षणमा २२७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १६८ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

कोरोनाबाट हालसम्म १२ हजार १० जनाको ज्यान गएको छ ।

नेपालमा निको भएको दर ९८ दशमलव ६ प्रतिशत छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.