नवनिर्वाचित समिति सभापतिको शपथ

काठमाडौं- राष्ट्रिय सभा अन्तर्गत चार वटा विषयगत समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ।

बिहीबार सिंहदरबारमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नव निर्वाचित समिति सभापतिलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो।

चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि चार जनाको उम्मेदवारी परेपछि बिहीबार नै बसेको सम्बन्धित समितिको बैठकले उहाँहरूलाई निर्विरोध सभापति चयन गरेको थियो।

जसअनुसार दिगो विकास तथा सुशासन समिति सभापतिमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. वेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिलकुमारी रावल थापा पार्वतीले शपथ लिनुभएको छ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.