एलिजाबेथ द्वितीयाको निधन : राष्ट्रपतिबाट शोक पुस्तिकामा हस्ताक्षर

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गर्दै लैनचौरमा रहेको नेपालस्थित बेलायती राजदूतावासमा पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटसँगको कुराकानीमा महारानीको निधनबाट नेपालले एक असल मित्र गुमाएको जनाउँदै उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

*(बेलायतका महारानीलाई नेपाल टेलिभिजनले सधैं “एलिजाबेथ द्वितीया” भन्ने गरेकोले एकरुपताका लागि यस समाचारमा यसअघि प्रयुक्त “द्वितीय” लाई “द्वितीया” बनाइएको हो । यसैगरी यसअघि राखिएको फोटोको सट्टा राष्ट्रपति भण्डारीले दूतावासको शोकपुस्तिकामा हस्ताक्षर गरेकै समयको फोटो राखिएको छ । साथै “अशल” को ठाउँमा “असल” बनाएर सच्याइएको जानकारी गराइन्छ । –सम्पादक

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.