आगामी चुनाव पनि निष्पक्षः प्रधानमन्त्री
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचन पनि निष्पक्ष गराउने प्रतिबिद्धता जनाउनुभएको छ ।
कान्तिपुर पब्लिकेसनले आयोजना गरेको कान्तिपुर कन्क्लेभको उद्घाटन गर्दै शनिबार प्रधानमन्त्री देउवाले सरकार स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न लागिपरेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले आवधिक निर्वाचनले लोकतान्त्रिक प्रक्रियामा जनताको विश्वास बढाउने उल्लेख गर्नुभयो । उहाँले सरकारले केही महिनाअघि स्थानीय तहको निर्वाचन सम्पन्न गरेको र स्थानीय निर्वाचनमा युवा, महिला र विपन्न वर्गको सहभागिता बढेको भन्दै यसले लोकतान्त्रिक अभ्यासलाई गति दिएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्