दार्चुला बाढी पहिरो अपडेटः ५ जनाको मृत्यु, १० जना बेपत्ता

दार्चुलाः दार्चुलामा आएको बाढी र पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ भने १० जना वेपत्ता भएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार महाकाली नगरपालिका र नौगार्ड गाउँपालिकाका बिभिन्न स्थानमा पहिरो र बाढीमा बेपत्ता भएका मध्ये पाँच जनाको शव फेला परेको छ ।

दार्चुला नौगार्डकी जानकी ठगुन्ना, धनुली ठगुन्ना, मोहन राम कार्की रहेका छन् यसैगरी महाकाली नगरपालिका मुल्लामोडका नन्दराम बोहोरा र मानमती कार्कीको सनाखत भएको छ ।

बाढीमा परेर महाकाली–४ की सरस्वती लुहार र उनका पति मोहन लुहार, महाकाली–३ का धनसिंह कार्की, उनका छोराहरू दीपक कार्की र दिनेश कार्की बेपत्ता छन् ।

यस्तै, महाकाली–२ की मानमती शाहू, महाकाली–१ की मन्जु लुहार, दिनेश लुहार, डल्ली लुहार र साजन लुहार बेपत्ता भएका छन् । उनीहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीमा परी महाकाली–२ का हर्क शाहू, अभिषेक कामी, गीता कामी, रम्भा ठगुन्ना, फागती ठगुन्ना, जयबहादुर ठगुन्ना, देवसिंह ठगुन्ना र वीरे ठगुन्ना घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाढीपहिरोले दार्चुलामा ३२ घरमा पूर्ण रूपमा क्षति पुगेको छ । नौ घरमा आंशिक क्षति भएको छ । बाढीपहिरोका कारण सो क्षेत्रका ४० घर उच्च जोखिममा रहेका छन् । बाढीका कारण केही विद्यालयमा क्षति पुग्नुका साथै दुहुँ र महाकाली जोड्ने झोलुंगे पुल र लास्कु खोलामा रहेको पक्की पुल बाढीले बगाएको छ ।

लास्कु खोलानजिकै पार्किङ गरी राखिएका ६ जीप, एक कार, एक ट्याक्टर, एक जेसीबी गरी नौ सवारीसाधन बाढीले बगाएको प्रहरीले जनाएको छ । नेपाली सेनाको एयर एम्बुलेन्स मार्फत पहिरोमा परी गम्भीर घाइते पाँच जनाको उद्धार गरिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.