बेलायती महारानी एलिजावेथ द्धितीयाको आगामी सेप्टेम्वर १९ मा राजकीय अन्तेष्टी गरिने

गत बिहीबार दिवंगत हुनुभएकी बेलायतकी महारानी एलिजावेथ द्वितीयाको आगामी सेप्टेम्बर १९ मा वेस्टमिन्टरमा राजकीय अन्तेष्टी गरिने भएको छ ।

त्यसअघि महारानीको शव राखिएको कफिन सर्वसाधारणले हेर्न र श्रद्धाञ्जली अर्पणका लागि राखिने भएको छ । महारानीको एलिजावेथलाई श्रद्धाञ्जली अर्पणका लागि वेलायती राजपरिवारका युवा सदस्यहरु युवराज विलियम तथा उहाँकी पत्नी केट र राजकुमार ह्यारी तथा उहाँकी पत्नी मेगान समेत सहभागी हुनुभयो ।

त्यसबखत भेला भएका सर्वसाधारणसँग उहाँहरुले पनि भेट गर्नुभयो । श्रद्धाञ्जलीका लागि महारानीको शव इडेनबर्ग स्थित सेन्ट गिल्स क्याथेड्रलमा सोमबारदेखि २४ घन्टाका लागि राखिनेछ ।

अन्त्येष्टी अघि श्रद्धाञ्जलीका लागि महारानीको शव विभिन्न स्थानमा राखिने साताव्यापी कार्यक्रम नै तय भएको छ । सेप्टेम्बर १९ को राजकीय अन्त्येष्टी लन्डन देखि विन्डसर क्यासल सम्म शवयात्रा गरिनेछ ।

रानीलाई विन्डसरको किंग जर्ज छैठौं मेमोरियल चेपलमा अन्त्येष्टि गरिनेछ । महारानीको राजकीय अन्तेष्टि समारोहमा बेलायती राजपरिवार, राजनीतिज्ञ तथा विश्वका नेताहरु सहभागी हुनुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.