मिर्चैयाका सडक भत्किएपछि आवतजावतमा सास्ती

मिर्चैया- यातायातको सहजताले गर्दा सुविधायुक्त मानिएको सिरहा जिल्ला  कै केन्द्रमा पर्ने मिर्चैया खाल्डाखुल्डी र धुलोको कारण अस्तव्यस्त बन्दै गएको छ ।
मिर्चैया जीव खिलादेखि घुर्मी चोकसम्म अनगिन्ती खाल्डाखुल्डी छन् भने मिर्चैया  चोकदेखि चोहर्वासम्म धुलोले हिँडिसक्नु छैन ।
चार लेनको यो सडक बलान खोला लहानदेखि कमला राजमार्गसम्म अहिले  निर्माणाधीन छ । निर्माण भइरहेको सडकमा बग्रेल्ती खाल्डाखुल्डी र धुलो भएकाले स्थानीयको जनजीवन पूरै प्रभावित भएको छ।
पूर्व–पश्चिम राजमार्गको मिर्चैया सडक खण्डमा पश्चिममा जीवा खोलादेखि पूर्व बतहा खोलासम्म सडकको अवस्था जीर्ण तथा सडक धाँजा फाटेर चिराचिरा परेको छ ।
राजमार्गको अधिकांश ठाउँको कालोपत्रे उप्किएर खाल्डा परेका छन् ।
राजमार्गको यो  अवस्थाले गर्दा  एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सवारी साधन पनि सहजै गन्तव्यमा पुग्दैनन् ।
खाल्डा परेका  कारण बाटोमा सर्वसाधारणलाई बाटो काट्नसमेत समस्या हुनेगरेको छ ।
मोटरसाइकलमा यात्रा गर्नु अहिले रोग निम्त्याउनु जस्तै भएको छ- मिर्चैया ५, का बिजय साह गुनासो गर्छन ।
उनले भने- धुलोले बजारमा हिंडिसक्नु छैन राज्यले के गर्दैछ ? स्थानीय सरकार मौन रहेको भन्दै स्थानीयको गुनासो छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.