चिनियाँ सभामुखको टोली नेपाल आउँदै
काठमाडौं– चिनियाँ सभामुख नेतृत्वको टोली सोमबार चार दिने नेपाल भ्रमणका लागि नेपाल आउने भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी कमिटी सदस्य ली चाङ्शु नेतृत्वको टोली भदौ २७ देखि ३० गतेसम्म नेपाल भ्रमणमा आउन लागेको हो ।
चाङ्शु नेतृत्वको टोली सोमबार दिउँसो सवा ३ बजे विशेष विमानबाट काठमाडौं आउने र बिहीबार बिहान ९ बजे सोही विमानबाट स्वदेश फर्कने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणपछि नेपाल आउने चाङ्शु उच्च तहका चिनियाँ राजनीतिज्ञ हुनुन्छ । उहाँले नेपाल भ्रमणका क्रममा राष्ट्रपति, प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग भेट गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया राख्नुहोस्