अझै टुंगिएन सिट बाँडफाँड
काठमाडौं– आगामी निर्वाचनमा एउटै क्षेत्रको सिटमा विभिन्न दलको दाबी परेपछि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति जुटाउन कसरत जारी छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँटमा विषयमा बिभिन्न तहमा छलफल भएपनि सहमति भने हुन नसकेको हो । बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुई पक्ष, तीन पक्षीय र सर्वपक्षीय छलफलबाट सहमतिको प्रयास जारी रहेको जानकारी दिनुभयो ।
उहाँले सिट बाँडफाँटमा सहमति नजिक पुगे पनि अन्तिम टुङ्गो लाग्न बाँकी रहेको बताउनुभयो । उहाँले एउटै क्षेत्रको सिटमा पनि दुई तीनवटा दाबी गरेको अवस्था रहेको र यसको समाधानको प्रयास भइरहेको उल्लेख गर्नुभयो । सबै दलहरु लचिलो भएर अघि बढ्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।
गठबन्धनका शीर्ष नेतालाई यसअघि नै कार्यदलले दलहरुको आ–आफ्नो अडान सहितको प्रतिवेदन बुझाइसकेको छ । उक्त प्रतिवेदनमाथि शीर्ष तहमा छललफल भएपनि सहमति भने जुट्न सकेको छैन ।
प्रतिक्रिया राख्नुहोस्