नेप्से आज ४७ दशमलव ४४ अङ्कले बढ्यो

काठमाडौँ- घट्दो क्रममा रहेको बजारमा हिजोदेखि केहि सुधार देखिएको छ।
पछिल्लो ५ दिनदेखि लगातार घटिरहेको नेप्से सूचक हिजो र आज भने बढेको हो । आज नेप्से ४७.४४ अङ्क अर्थात २.४५ प्रतिशतले बढेको छ । आज कारोवार रकम पनि बढेको छ ।
आज करिव १ अर्ब ४६ करोड रुपयाँ बराबरको कारोबार हुँदा ४६ लाख १८ हजार भन्दा धेरै कित्ता शेयर किनबेच भएको छ । आज भएको २२७ कंम्पनीका शेयर किचबेच मध्ये सबैभन्दा धेरै कित्ता शेयर नविल बैंकको भएको छ ।
आज ग्रिन डेभलेपमेण्ट बैंकको शेयर मुल्य १० प्रतिशतले बढेको छ । क-बर्गका कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स ९.१९ अंकले बढेको छ ।।






प्रतिक्रिया राख्नुहोस्