समानुपातिक सूची तयार गर्न माओवादीले बोलायो पदाधिकारी बैठक
काठमाडौं– समानुपातिक सूची तयार गर्न नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ ।
माओवादीले सोमबार बिहान ९ बजे पदाधिकारी बैठक बसेर समानुपातिक सूचीलाई अन्तिम रुप दिने जनाएको छ ।
आइतबार बिहान बसेको पदाधिकारी बैठकले प्रदेशबाट समानुपातिक उम्मेदवार संख्या धेरै आएपछि काटछाँट गरेर पठाउन निर्देशन दिएको उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।
माओवादीले अन्तरिम विधायक बाहेक एक पटक समानुपातिक सांसद भइसकेकालाई सूचीमा नराख्ने जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्