सञ्चारकर्मी ज्ञवालीलाई राष्ट्रिय हेल्थ अवार्ड
काठमाडौं– सञ्चारकर्मी सुदन ज्ञवालीलाई राष्ट्रिय हेल्थ अवार्ड प्रदान गरिएको छ ।
स्वास्थ्य दर्पण मिडिया नेटवर्कको सातौं वार्षिकोत्सवका अवसरमा पोखरामा मंगलबार भएको कार्यक्रममा ज्ञवालीलाई अवार्ड प्रदान गरिएको हो । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले ज्ञवालीलाई अवार्ड प्रदान गर्नुभएको हो ।
कोराना भाइरसको महामारीका बेला खोप लगाउन प्रेरित गरेको भन्दै उहाँलाई उत्कृष्ट प्रेरक वक्ताकारुपमा अवार्ड प्रदान गरिएको स्वास्थ्य दर्पण मिडिया नेटवर्कले जनाएको छ ।
हाल डब्लुएओमा कार्यरत सञ्चारकर्मी ज्ञवालीले सकारात्मक सोच विकासका लागि विभिन्न ठाउँमा प्रेरक वक्ताको रुपमा भूमिका निर्वाह गर्नुभएको थियो ।
कार्यक्रममा गण्डकी र लुम्बिनी प्रदेशका स्वास्थ्यसँग सम्बन्धित व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा एनआरएनए निवर्तमान उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, पत्रकार किशोर नेपाल, दीपेन्द्र श्रेष्ठ, विमला भण्डारीले शुभकामना दिनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्