आचारसंहिताबारे राजनीतिक दलसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं– निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आज छलफल गर्दैछ ।

संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग निर्वाचन लक्षित छलफल गर्न लागिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्माले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन सम्बन्धमा दलहरूसँग छलफल गर्न लागिएको जानकारी दिनुभयो । छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख र पदाधिकारीलाई बोलाइएको छ ।

आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ । त्यसअघि दलहरूको प्रतिवद्धता लिन आयोगले छलफल गर्न लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.