बडादशैंको दोस्रो दिनः भगवती ब्रम्हाचारिणीको पूजाआरधना

काठमाडौं- नेपालीहरुको महान चाड बडादशैंको आज दोस्रो दिन । माता भगवती ब्रह्मचारिणीको पूजाआरधना गरी मनाईंदैछ । ब्रह्मचारिणीदेवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा लिइन्छ ।

ब्रहमचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रह्मअनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ । ब्रह्मचारिणीदेवीलाई भक्तिको प्रतीक पनि मानिन्छ ।

देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । नवरात्रका नौ दिनमध्ये दोस्रो दिन ब्रहृमचारिणीको पूजा गर्न देशैभरका देवीमन्दिर तथा शक्तिपीठहरुमा भक्तजनको चहलपहल छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.